भोटेकोशी बाढीले बगाएको ‘सेफ’ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ, ९२ लाख बरामद

लोकपथ
84
Shares

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडेर पैसा निकालेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा स्थानीयले बाढीले बगाएर ल्याएको सेफ भेटेका थिए । उनीहरूले सेफ तोडेर त्यसमा रहेको पैसा निकालेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले पक्राउ परेका २९ जनाको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान भइरहेको छ । बरामद रकमको स्रोतसमेत पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?