ग्लोबल स्मार्ट प्लसबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने

लोकपथ
28
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने सुविधा ल्याएको छ ।

बैंकका ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एपमार्फत केही क्लिकमै उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन् ।

यसका लागि एपमा खाता छनोट गरी योगदानकर्ताको नाम र सहयोग रकम उल्लेख गरेपछि रकम पठाउन सकिने बैंकले जनाएको छ ।

विपद्को समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने भन्दै बैंकले यो सुविधा उपलब्ध गराएको जनाएको छ । बैंकका अनुसार डिजिटल बैंकिङलाई केवल आर्थिक कारोबारमा सीमित नराखी सामाजिक सहयोगका लागि पनि प्रयोग गर्न सकिन्छ ।

ग्लोबल आइएमई बैंकले प्रविधिको प्रयोग गर्दै ग्राहकलाई सहज बैंकिङ सेवा उपलब्ध गराउनुका साथै सामाजिक उत्तरदायित्वका विभिन्न काम गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?