काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । साथै, बेपत्ताको खोजी तथा घाइतेको उपचारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया