भोटेकोसी बाढीपीडितका निम्ति गोरखा ब्रुअरीको १० करोड सहयोग

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका निम्ति गोरखा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमान सुब्बाले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

राहत, उद्धार र खोज तथा पुनर्स्थापनाका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्रीले बुझ्न सुरु गरेका उनको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?