लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु, गगन थापा, प्रचण्डसहित शीर्ष नेता सहभागी

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेता महन्थ ठाकुरसहितका नेताहरू सहभागी छन् ।

बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट र त्यसको समाधानका लागि सहकार्य गर्नका लािग सभापति लामिछानेले बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?