काठमाडौं । रसुवा बाढीबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १५७ जनाको शव फेला परेको हो ।
जसमा नुवाकोटमा १३, रसुवामा ३, धादिङमा २७, चितवनमा ६४, नवलपरासी पूर्वमा २२, तनहुँमा ९, गोरखामा १९ गरी १५७ जनाको शव फेला परेको हो ।
त्यस्तै उद्धार गरिएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार २० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ४ जना ट्रमा सेन्टर, ३ जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल, १ जना ग्रीनसिटी, ३ जना नर्भिक अस्पताल र ९ जना नुवाकोटको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।
उद्दारका लागि ३ हजार ३ सय १८ जना प्रहरी परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया