काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो भौतिक साथै मानवीय क्षति भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मुख्य राजमार्ग अन्तर्गत ४० किलोमिटर सडकमा क्षति भएको छ । त्यस्तै तीन जिल्लाका ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ । हालसम्म ८३ जनाको शव फेला परेको प्राधिकरणको तथ्यांक रहेको छ तर प्रहरीले भने हालसम्म ९५ जनाको शव फेला परेको जनाएको छ ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ जना प्रहरी र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी सम्पर्कवीहिन रहेका छन् ।
पूरा तथ्यांक हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया