एकै वर्ष भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, असारमा मात्रै साढे २ खर्ब

लोकपथ
0
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल भित्रिने रेमिट्यान्स ३७.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको असारमा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशतले बढेर १६ अर्ब १९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष डलरमा रेमिट्यान्स १६.३ प्रतिशतले बढेको थियो ।

यस्तै, गत आर्थिक वर्षमा नेपालमा भित्रिएको खुद ट्रान्सफर २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ थियो ।

वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षमा ४ लाख ६ हजार ५१९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष यस्तो सङ्ख्या ५ लाख ५ हजार ९५७ थियो ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने बढेर ३ लाख ८५ हजार ७८३ पुगेको छ । अघिल्लो वर्ष ३ लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?