रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलले तीन दिन निःशुल्क भ्वाइस र डेटा दिने

लोकपथ
0
Shares

काठमाडौं । एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

एनसेलले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनसम्म प्रयोग गर्न मिल्ने १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रका नागरिकलाई परिवार, आफन्त तथा उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको एनसेलले जनाएको छ ।

प्राकृतिक विपद्का बेला सञ्चार सेवा निरन्तर रहनु महत्वपूर्ण हुने भएकाले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाले प्रभावित नागरिकलाई आवश्यक सम्पर्क तथा सूचनाको आदानप्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?