काठमाडौं । सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का टोलीलाई आवश्यक सामग्रीसहित परिचालन गरिएको हो ।
गृहमन्त्री सुधन गुरुङले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत कार्यका सम्बन्धमा आवश्यक निर्देशनसहित ब्रिफिङ गरेका छन् ।
ब्रिफिङका क्रममा गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बेपत्ताको खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायबीच आवश्यक समन्वय र तीव्र परिचालनमा जोड दिए ।
उनले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर काम गर्न सुरक्षा टोलीलाई निर्देशन दिएका छन् ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया