तिब्बतको केरुङ नाका नजिकै पहिरो : केही व्यक्ति बेपत्ता भएको आशंका, यातायात र सञ्चार सेवा अवरुद्ध

लोकपथ
0
Shares

काठमाडौं । पश्चिमी स्वशासित क्षेत्र सिजाङ (तिब्बत) को केरुङ (ग्याइरोङ) नाका नजिकै बुधबार गएको पहिरोमा परी केही व्यक्तिहरू बेपत्ता भएको आशंका गरिएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार उक्त प्राकृतिक विपत्तिका कारण ठूलो क्षति पुगेको छ । सिगात्से शहरको केरुङ जिल्लास्थित आपतकालीन व्यवस्थापन ब्युरोले दिएको जानकारीअनुसार पहिरोले नाकातर्फ जाने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध पारेको छ ।

साथै, प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क र विद्युत् आपूर्ति समेत ठप्प भएको छ । केरुङ नाका नेपाल र चीनबीचको व्यापारिक तथा पारवहन सम्बन्ध जोड्ने एक प्रमुख स्थल मार्ग हो ।

हाल बेपत्ता भएकाहरूको खोजी र अवरुद्ध सेवाहरू पुनः सञ्चालनका लागि स्थानीय प्रशासनले पहल गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?