काठमाडौं । नेपाल आयल निगमले राहत, उद्धार तथा खोजी कार्यमा परिचालन भएका हेलिकोप्टरलाई इन्धन भर्न सहज होस् भनेर हवाई इन्धनसहितको ट्यांकर नुवाकोटको त्रिशूली पठाएको छ ।
निगमले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका हेलिकोप्टरलाई आवश्यक इन्धन उपलब्ध गराउने उद्देश्यले हवाई इन्धनसहितको ट्यांकर त्रिशूली पठाएको हो ।
बाढी प्रभावित क्षेत्रमा अहिले नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धार तथा खोजी कार्यमा परिचालन भएका छन् ।
हेलिकोप्टरलाई आवश्यक पर्ने हवाई इन्धन सहज रूपमा उपलब्ध गराउन त्रिशूलीमा ट्यांकर पठाइएको निगमले जनाएको छ । यसबाट उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया