भोटेकोशी बाढीपछि नेपाल एपीएफ अस्पतालको १०० बेड तयारी अवस्थामा राखियो, ठूलो संख्यामा सशस्त्र परिचालन

लोकपथ
217
Shares

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएको आशंकाबीच प्रभावित क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्दार उपत्यका गण बाट ४५ जनाको टोली, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेश आदमघाट र नं. १७ गण चितवनबाट ठूलो संख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको हो ।

उता, नेपाल एपीएफ अस्पतालमा १०० बेड र स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको छ । सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट ३ प्लटुन सुरक्षाकर्मी काठमाडौं एअरपोर्टमा तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?