काठमाडौं । रसुवा बाढीपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
रसु्वाबाट आएको ठूलो बाढीका कारण धनजनको क्षति भएको अनुमान गरिएको छ, यद्यपि अहिलेसम्म कुनै जानकारी आएको छैन ।
केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
अहिले सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया