काठमाडौं । आज बुधबार बिहान ९ बजे रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन बनेका छन् । नेपाल प्रहरीका १९ र सशस्त्र प्रहरीका ९ गरी २८ जना बेपत्ता भएका छन् ।
रसुवागढी प्रहरीचौकीका २२ प्रहरीमध्ये १३ जना सम्पर्कविहीन छन् । ९ जना मात्रै सम्पर्कमा आएका छन् । स्याफ्रुबेसीमा रहेका ९ जनामध्ये ६ जना प्रहरी हराइरहेका छन् । ३ जना मात्रै सम्पर्कमा आएका छन् । बाढीले प्रहरी कार्यालय पनि बगाएको छ ।
यस्तै, बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र (ड्यिुटी)मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ । त्यहाँबाढ सशस्त्रका ९ जना बेपत्ता छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए । ‘टिमुरेमा रहेको बीओपी सुरक्षित छ, तर ड्यिुटीमा खटिइएको टोलीसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने ।
प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए ।
बुधबार बिहान ९ बजे अचानक आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया