तिब्बतबाट आएको बाढीले रसुवामा ठूलो क्षति

लोकपथ
0
Shares
बाढीको सांकेतिक फाइल तस्बिर

काठमाडौं । नेपालको उत्तरी नाका तिब्बतबाट आएको ठूलो बाढीका कारण रसुवामा ठूलो क्षति भएको छ ।

बुधबार बिहान एक्कासी आएको बाढीले रसुवाको तटीय क्षेत्रमा क्षति पुर्‍याएको हो ।

रसुवापछि नुवाकोट धादिङका नदी तटीय क्षेत्रमा समेत त्यसको असर गर्ने बताइएको छ ।

तिब्बत क्षेत्रमा बाढी आएको विषयमा त्यहाँको प्रशासनले बिहानै रसुवा प्रशासनलाई जानकारी गराएको थियो ।

बाढीले घर, टहरा, पुल लगायतका भौतिक संरचना बगाएका छन्, भने क्षतिको यकिन विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?