काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौताअनुसार, एनसेलको २९९ रुपैयाँ वा सोभन्दा बढीको प्याक वा रेन्टल सेवा लिने ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन पाउनेछन् ।
त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।
मंगलबार भएको कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यो सुविधा लिन ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ मा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ । एपले ग्राहकले पाउने सुविधाको विवरण देखाउनेछ ।
फरक प्याक वा रेन्टल सेवा प्रयोग गरिरहेका ग्राहकले आवश्यक प्याक लिएर पनि यो सुविधा लिन सक्नेछन् ।
एनसेलका दत्ताले मोबाइल सेवासँगै ग्राहकलाई स्वास्थ्य सेवामा पनि थप सुविधा दिने उद्देश्यले सहकार्य गरिएको बताए । नेपाल मेडिसिटीका डा.तोमरले यस्तो सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र किफायती बनाउन सहयोग पुग्ने बताए ।
एनसेलले ग्राहकलाई मोबाइल कनेक्टिभिटीसँगै दैनिक जीवनमा उपयोगी अन्य सेवामा पनि सुविधा दिने उद्देश्यले विभिन्न संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया