काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार पेस गरेको पुरक निवेदन मंगलबार सर्वाेच्च अदालतले दर्ता गरेको हो । ती निवेदनमाथि ११ भदौ (बिहीबार) का लागि पेसी तोकिएको छ ।
देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा सुरु गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ ।
सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया