काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) दुई महिनाको नेपाल बसाइपछि अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइका क्रममा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको गुनासो गरेका छन् । उनले सरकारको यो कदमबाट आफू ऋणमुक्त हुन नसकिएको पनि बताएका छन् ।
सामाजिक सञ्जालमा भाबुक स्ट्याटस लेख्दै उनले हालका लागि प्रयास सफल नभएको तर आशा भने जीवित रहेको उल्लेख गर्दै लेखेका छन्, ‘यो पटक त १००% हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ । दुई महिना…अथक प्रयास गरेँ । राज्यका ढोका–ढोका पुगेँ । न्यायको आशामा राज्यलाई गुहारेँ । तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ । समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड रुपैयाँ विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो ।’

उनले सरकारको यो कामबाट आफू १८ करोड ४३ लाख रुपैयाँको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको पनि उल्लेख गरेका छन् । उनले आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको पनि बताएका छन् ।
कलाकार धुर्मुसले भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ । १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला । मन निकै भारी भएको छ । ओठ कापेका छन् । आँखा रसाएका छन् । तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ ।’
उनले आफूलाई कुनै दिन राज्यले सम्झिने पनि विश्वास गरेका छन् । कलाकार धुर्मुसले भनेका छन्, समयले सत्य बोल्नेछ । हाम्रो पीडा सुनिनेछ । त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ । अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ । र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन । त्यही दिनको पर्खाइमा हामी रहनेछौँ । चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा… मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई ।’
यो पटक त १००% हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ।
सामाजिक सञ्जाल फेसबुकमा धुर्मुसले जे लेखे
दुई महिना…
अथक प्रयास गरेँ।
राज्यका ढोका–ढोका पुगेँ।
न्यायको आशामा राज्यलाई गुहारेँ।
तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ। समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो।
१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।
आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।
देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ।
१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला।
मन निकै भारी भएको छ।
ओठ कापेका छन्।
आँखा रसाएका छन्।
तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ।
कुनै दिन राज्यले सम्झिनेछ।
समयले सत्य बोल्नेछ।
हाम्रो पीडा सुनिनेछ।
त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ।
अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ।
र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन।
त्यही दिनको पर्खाइमा हामी रहनेछौँ।
चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा…
मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई। ![]()
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया