काठमाडौं । पर्यटन क्षेत्रमा स्थापित रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी थालेको छ ।
आईपीओ निष्काशन प्रक्रियाका लागि रिसोर्टले NIC ASIA Capital Limited लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडीईए टु आईपीओ’ सेवामार्फत कम्पनी स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक परामर्श तथा सहजीकरण गर्दै आएको जनाएको छ ।
पोखराको रुपाकोट क्षेत्रमा अवस्थित रिसोर्टबाट हिमाली शृंखलाका साथै रुपा र बेगनास तालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई आधार बनाउँदै रिसोर्टले यस क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवाको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
रिसोर्टले आधुनिक पूर्वाधारलाई स्थानीय प्राकृतिक तथा सांस्कृतिक वातावरणसँग जोड्दै आफ्नो सेवा विस्तार गरिरहेको छ ।
यहाँ आवास, भोजन तथा पेय पदार्थ, मनोरञ्जन र विश्रामका सुविधासँगै विभिन्न कार्यक्रम आयोजना गर्न सकिने पूर्वाधारसमेत उपलब्ध छन् ।
यसका कारण रिसोर्ट पारिवारिक भ्रमणदेखि आन्तरिक तथा विदेशी पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा अन्य विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
आईपीओमार्फत पुँजी विस्तार गर्ने योजनाले रुपाकोट रिसोर्टको आगामी व्यावसायिक विस्तार तथा पोखरा आसपासको ग्रामीण र प्राकृतिक पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया