कर्णाली प्रदेश मन्त्रालय बाँडफाँटमा सहमति : नेकपालाई मुख्यमन्त्रीसहित चार र एमालेलाई तीन मन्त्रालय

लोकपथ
0
Shares

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) बीच कर्णाली प्रदेशको मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । दुई पार्टीबीच सरकार गठन र सञ्चालनसम्बन्धी सहमति भएको हो ।

नेकपाका तर्फबाट संसदीय दलका नेता तथा मुख्यमन्त्री मंगलबहादुर शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बुधबार भएको सहमतिअनुसार, प्रदेश सरकारमा नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउने भएको छ ।

सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछ ।

त्यसैगरी एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?