बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा

लोकपथ
287
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बागमती प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

गत साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । आज बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । तर बहुमत सदस्यको समर्थन प्राप्त हुने नदेखेपछि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

बागमती प्रदेशसभामा हाल १०४ सदस्य रहेकोमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) को दुई गरी ३८ सांसद मात्रै सरकारको पक्षमा देखिएको थियो ।
उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?