आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

लोकपथ
91
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुन–चाँदीको भाउ बढेको छ ।

आइतबार तोलामा तीन हजार ६०० रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार ६०० रूपैयाँ बढेर तीन लाख ६ हजार ८०० रूपैयाँमा किनबेच भइरहेको छ ।

हिजो आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार ७७० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढी हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ३९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?