सानिमा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि, लाभांश क्षमता २०.८५ प्रतिशत

लोकपथ
0
Shares

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफा ३८.०१ प्रतिशतले बढाएको छ ।

बैंकले यस आर्थिक वर्ष ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्ष बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो । फी कमिसनसँगै ब्याज आम्दानीमा सुधार हुँदा बैंकको नाफा बढेको हो ।

गत आर्थिक वर्ष बैंकले ६ अर्ब ९९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यसै अवधिमा यस्तो आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ थियो ।

बैंकले खुद शुल्क तथा कमिसनबापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा ५ अर्ब १६ करोड रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँ छ । यसलाई आधार मान्दा बैंकको लाभांश क्षमता २०.८५ प्रतिशत देखिन्छ ।

बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा २.८७ प्रतिशतमा झरेको छ । घट्दो खराब कर्जाले बैंकको ऋण असुली सुधार भएको बुझाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?