१ हजार २ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

लोकपथ
84
Shares

काठमाडौं ।  नेपाली बजारमा आज सुनको घटको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ हजार २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १२ सय रुपैयाँले घटेर ३ लाख ६ हजार  ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।  अघिल्लो दिन ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर  ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?