काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो ।
मंगलबार ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया