अर्थमन्त्री डा. वाग्लेले २० वाणिज्य बैंकका सीईओलाई छलफलमा बोलाए

लोकपथ
35
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गर्दै छन् ।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीइओेहरुलाई छलफलमा बोलाएका हुन् ।

दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?