काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सहित विभिन्न मधेशवादी पार्टीहरुबिच अग्रगामी मोर्चा गठन हुने भएको छ ।
आज प्रलोपासहित जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, आम जनता पार्टी (आजपा)सहितका दलहरु मिलेर अघि बढ्ने सहमति गरेका हुन् ।
जसमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका पार्टीहरु रहेका छन् । भने अन्य राजनीतिक दलहरुलाई समेत समेटेर अघि बढ्ने तयारी रहेको प्रलोपाका एक नेता बताउँछन् ।
त्यसका लागि आगामी साउन २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ बैंकेटमा अग्रगामी मोर्चा घोषणा गर्ने कार्यक्रम रहेको छ ।
उक्त मोर्चाले सरकारका गतिवधिबारे संयुक्त रुपमा संघर्ष गर्ने, राष्ट्रिय विषयमा साझा धारणा राख्ने लगायतका कामहरु गर्नेछ । तर पार्टी नै एक बनाएर जाने विषयमा भने अहिले छलफल नभएको नेताहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया