काठमाडौं । अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रही अन्तर्राष्ट्रिय कल बाइपास गर्ने ४ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोरखा अजिरकोटका २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौंकी २० वर्षीय मुना श्रेष्ठ, कञ्चनपुरका २१ वर्षीय जेनित झुकाल र भक्तपुरका ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् ।
उनीहरुको साथबाट विभिन्न सामग्रीहरु समेत बरामद गरिएको ब्यूरोका सूचना अधिकारी एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
जबराका अनुसार उनीहरुको साथबाट भिओआईपीमा प्रयोग हुने सिम बक्स, ल्यापटप, सिमकार्ड, वाईफाई राउटर, इन्भर्टर र मोबाइल लगायतका सामग्रीहरु बरामद गरिएको छ ।
त्यसो त उनीहरुबाट बरामद गरिएका सामग्री तथा उपकरणहरु विभिन्न बेटिङ एप्समा समेत प्रयोग भइरहेको एसएसपी जबराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया