काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक बोलाएको छ ।
सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने सबै दलसहित संसद भन्दा बाहिरका दललाई समेत छलफलका लागि बोलाएका हुन् ।
लामिछानेले संसदमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, श्रम संस्कृति पार्टीसहित अन्य दलहरुलाई समेत बोलाएका हुन् ।
तराई केन्द्रित दलहरु जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलाई आमन्त्रण गरिएको छ ।
छलफल बुधबार बिहान ८ बजे लेखा समितिको बैठक कक्षमा हुनेछ ।
सबै दललाई पत्राचार गरिएको र सभापति लामिछानेले सबैलाई आफैँले फोन गरेर बोलाएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
‘सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले नेताहरूलाई आफैं फोन गरेर पनि आमन्त्रण गर्नु भएको छ,’ उनले भनेका छन् ।
‘अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौँ,’ महामन्त्री आचार्यले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया