काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ ।
गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार सोमबार र मंगलबार (साउन ११ र १२) गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द रहनेछन् ।
आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
युवकको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको दक्षिण क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार बिहान ७ बजेदेखि लागू भएको कर्फ्यु अर्को सूचना जारी नभएसम्म कायम रहने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया