बब्लु गुप्ताको बाइक स्टन्टपछि चालकलाई ट्राफिकको कारबाही

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ता मोटरसाइकलको पछाडि उभिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त मोटरसाइकलका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सिराहा ट्राफिक प्रहरीले मोटरसाइकल चालक पिताम्बर चौधरीलाई लापरबाही ढंगले मोटरसाइकल चलाएको भन्दै ५ सय रुपैयाँ जरिबाना गरेको हो ।

कारबाहीका लागि चालकलाई सांसद गुप्ता आफैं ट्राफिक प्रहरी कार्यालय, सिराहा लिएर पुगेका थिए ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा गुप्ताको व्यापक आलोचना भएको थियो। त्यसपछि उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक रूपमा माफी माग्दै आफूबाट गल्ती भएको स्वीकार गरेका थिए ।

बब्लु गुप्ता रास्वपाबाट सिराहा क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?