अब सांसदहरुले स्वकीय सचिव राख्न पाउने, यस्तो छ सूचना

लोकपथ
259
Shares

काठमाडौं । सरकारले हालै गरेको सांसदहरुले स्वकीय सचिव राख्न पाउने निर्णयले आधिकारिकता पाएको छ ।

सांसदहरुले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णयको सूचना राजपत्रमा प्रकाशित भएसँगै सांसदहरुलाई स्वकीय सचिव राख्न पाउने बाटो खुलेको हो ।

सरकारले हालै सांसदहरुले पनि सरकारी कोषबाट तलब पाउनेगरी स्वकीय सचिव राख्न पाउने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार संघीय संसदका सदस्यहरुले रा.प. तृतीय श्रेणी वा सो सरहका स्वकीय सचिव राख्न पाउनेछन् ।

यसैगरी सभामुख र राष्ट्रिय सभाका अध्यक्षले रा.प. प्र सरहको प्रमुख स्वकीय सचिव १ जना पाउने व्यवस्था गरिएको छ । यसैगरी स्वकीय द्धित्तीय श्रेणी र तृतीय श्रेणी गरी दुई जना राख्न पाउनेछन् ।

जारी सूचना अनुसार विपक्षी दलको नेता, उपसभामुख, उपाध्यक्ष, प्रमुख सचेतकहरु र सभापतिले पनि द्धितीय श्रेणीको स्वकीय सचिव राख्न पाउनेछन् ।

त्यसो त स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केल अनुसारको तलबमात्र पाउनेछन् । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको प्रमुख स्वकीय सचिवले नेपाल सरकार रा. प. प्रथम श्रेणीको कर्मचारी सरह सवारी र इन्धन सुविधा पाउनेछन् ।]

यसैगरी स्वकीय सचिवालयका कर्मचारीले यस ऐन बमोजिम प्राप्त गर्ने पारिश्रमिक निजको बैंक खातामा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

त्यसो त सांसदहरुको स्वकीय सचिवको नयाँ व्यवस्था भने होइन । यसअघि पनि सांसदहरुले स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको थियो ।

तर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सो व्यवस्था हटाएको थियो । तर अहिलेको सरकारले भने त्यसलाई निरन्तरता दिएको हो.।

सुशासनको नारा दिएको सरकारले सरकारी खर्च कटौतीको नीति लिएको तर सांसदहरुको स्वकीय सचिव राखिएको भन्दै विपक्षीले विरोध समेत जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?