काठमाडौं । गत वैशाखदेखि हालसम्म विपद्जन्य घटनामा परी १६६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर तीन हजार ४३५ वटा विपद्का घटना भएका छन् ।
विपद्मा परी ९८८ जना घाइते भएका छन् भने चार हजार ५३१ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन् ।
गत चार महिनामा ९१४ वटा आगलागीका घटना भएका छन् । त्यस्तै, सर्पदंशका ५३५, चट्याङका २२९, लेक लागेका ५५, जनावर आक्रमणका १९०, हुरीबतासका ४७८ र पहिरोका ४९५ घटना भएका छन् ।
यसैगरी बाढीका १७१, भारी वर्षाका १६६, डढेलोका १९१, डुङ्गा पल्टिएका एक, हिमपहिरोका दुई र असिनाका चार घटना भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, साउन २ गते बिहानदेखि साउन ३ गते बिहानसम्म मात्रै देशभर ५८ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सो अवधिमा ४५ जिल्ला प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया