सुर्खेत । सरकार गठनमा भएको मौखिक सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलले सहमति कार्यान्वयन नगरेको भन्दै एमाले नेतृत्वको सरकारबाट कांग्रेस मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी रहेका छन् । उनीहरू २०८१ साउनमा मन्त्री बनेका थिए । मुख्यमन्त्री यामलाल कँडेलले उनीहरूको राजीनामा स्वीकृत भने गरिसकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया