काठमाडौं । मित्र राष्ट्र भारत सरकारको ३ करोड आर्थिक सहयोगमा झापामा विद्यालय बन्ने भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जनआदर्श माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ ।
कोशी प्रदेशका सांसद राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौंस्थित भारतीय दूतावासका द्वित्तीय सचिव गरिमा नौटिलायद्वारा संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरिएको हो ।
भारत सरकारको ३ करोड (नेपाली रुपैयाँ) आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन लागेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतले आफ्नो उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुसार उक्त विद्यालय भवन निर्माण गर्न लागेको हो ।
विद्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै शिवसताक्षीका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारले प्रदान गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए ।
साथै उक्त विद्यालय भवन निर्माणले विद्यालयका विद्यार्थी तथा शिक्षकहरुका लागि पठनपाठनमा सहयोग पुर्याउने विश्वास लिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया