काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि थप ६ दिन म्याद थप गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई विशेष अदालतले तेस्रोपटक म्याद थप गर्न अनुमति दिएको हो ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धान जारी राख्न ६ दिनको म्याद थप गर्ने आदेश दिएको हो ।
पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । उनलाई सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया