कर्णाली नदीमा यात्रु बोकेको माइक्रो खस्यो, एक जनाको उद्धार

लोकपथ
224
Shares

काठमाडौं । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।

बिहीबार दिउँसो दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत साङ्गेतरास्थित उक्त माइक्रो कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त गाडी सुर्खेत पञ्चपुरी न.पा. ८ का २८ वर्षीय तुलाराम सुवेदीले चलाएका थिए ।

गाडीमा चालकसहित पाँच जना सवार रहेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ। घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। अन्य सवारको उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?