संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयक र प्रस्तावमाथि छलफल हुने

लोकपथ
77
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार आजको प्रतिनिधिसभा बैठकमा विभिन्न १३ वटा कार्यसूची समावेश छन् ।

बैठकमा विधेयकमाथिको छलफल, समितिका प्रतिवेदन पेस, आवश्यक प्रस्तावहरू प्रस्तुत गर्ने लगायतका विषय कार्यसूचीमा रहेका छन् ।

यसैगरी, संघीय संसद्को अर्को सदन राष्ट्रिय सभाको बैठक पनि आज बस्ने तय भएको छ ।

दुवै सदनका बैठकमा सरकार तथा सांसदहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?