जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प

लोकपथ
49
Shares

काठमाडौं । जुम्लामा बिहीबार बिहान ४.१ म्याग्नेच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ५ बजेर ३६ मिनेट जाँदा जुम्लाको तम्ती आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ ।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले बेला–बेलामा साना तथा मध्यम खालका भूकम्पका धक्का महसुस हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?