एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

लोकपथ
252
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

पौडेललाई सोमबार नै (आज) काठमाडौं ल्याउने तयारी गरिएको छ । पौडेलेको भैँसेपाटीस्थित निवासबाट पनि विभागले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेल पार्टी कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका थिए ।

कार्यक्रमस्थलबाटै उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । अहिले उनलाई प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?