काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यस अघि बैठकमा विपक्ष दलहरुको तर्फबाट एमालेकी सांसद नीता घतानीले उक्त अध्यादेश अस्वीकृतिका लागि राखेको प्रस्ताव अस्वीकृत भएको थियो ।
उक्त अध्यादेश प्रतिनिधिसभाबाट स्विकृत भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया