पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लोकपथ
21
Shares
फाइल तस्बिर

लमजुङ । पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भने, ‘पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।’

सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेको उनको भनाइ छ ।

यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ । यहाँ विगत पाँच–सात वर्षअघि गएको ठूलो पहिरो रोकथाम तथा नियन्त्रण हुन नसक्दा पटकपटक पहिरो दोहोरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । पहिरो रोकथाम गर्न सङ्घीय सरकारको रु १९ करोड ४८ लाखमा काम अघि बढे पनि निर्माणमा ढिलाइ हुँदा सो समस्या उत्पन्न भइरहेको हो ।

विसं २०८० मा सम्पन्न हुनुपर्ने पहिरो हालसम्म पनि सम्पन्न हुन नसक्दा पहिरो रोकथाम हुन सकेको छैन । त्यस्तै, बेँसीसहर घलेगाउँ सडकसमेत पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस सडकअन्तर्गत बेँसीसहर(६ पुमा भिरमा पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?