काठमाडौं । बिहान उठ्दा टाउकोमा भारीपन वा दुखाइ महसुस हुनु धेरै मानिसको सामान्य समस्या हो । मानिसहरूले यसलाई प्रायः निद्राको कमी वा थकानको संकेत ठानेर बेवास्ता गर्ने गर्छन् ।
तर कहिलेकाहीँ यस्तो समस्या उच्च रक्तचापसँग पनि सम्बन्धित हुन सक्छ । यद्यपि, हरेक बिहान टाउको दुख्नु उच्च रक्तचापकै संकेत भने नहुन सक्छ । विशेषज्ञहरूका अनुसार रक्तचाप दिनभरि स्थिर रहँदैन र समयसँगै यसमा उतारचढाव भइरहन्छ । निद्राको समयमा रक्तचाप घट्ने र उठेपछि फेरि बढ्ने भएकाले टाउको दुखाइलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन ।
उच्च रक्तचाप नियन्त्रण गरिएन भने टाउको दुखाइ झन् बिग्रन सक्छ । यसले टाउकोमा भारीपन, हल्का दुखाइ वा बिहान उठ्दा टाउकोको पछाडिको भागमा दबाब महसुस गराउन सक्छ ।
टाउको दुख्नुका अन्य कारण
कम निद्रा
अत्यधिक चिन्ता
अब्सट्रक्टिभ स्लिप एपनिया
निद्रामा सास रोकिनु
निर्जलीकरण
निद्राको समयमा दाँत किट्नु
निद्राको तालिकामा अवरोध
कहिले चिन्ता गर्नुपर्छरु
कहिलेकाहीँ मात्रै हुने टाउको दुखाइ सामान्यतया चिन्ताको विषय हुँदैन । तर यदि उठ्नेबित्तिकै दैनिक वा बारम्बार टाउको दुख्ने समस्या छ, साथै पहिलेदेखि नै उच्च रक्तचापको बिरामी हुनुहुन्छ र तलका लक्षणहरू पनि देखिएका छन् भने डाक्टरकहाँ जान ढिला गर्नु हुँदैन ।
छाती दुखाइ
सास फेर्न गाह्रो हुनु
दृष्टि धमिलो हुनु
बेस्कन चक्कर लाग्नु
हात र खुट्टामा कमजोरी
बोल्न गाह्रो हुनु
उच्च रक्तचापलाई कसरी नियन्त्रणमा राख्ने ?
उच्च रक्तचापबाट हुने जटिलताबाट बच्न यसलाई नियन्त्रणमा राख्नु अत्यन्तै महत्त्वपूर्ण छ। यसका लागि
सही औषधिको सेवन गर्ने
कम नुन खाने
तौल नियन्त्रणमा राख्ने
नियमित रूपमा व्यायाम गर्ने
कम रक्सी पिउने
स्वास्थ्य विज्ञहरूका अनुसार उच्च रक्तचापलाई समयमै नियन्त्रणमा राख्न सके यसबाट हुने सम्भावित जटिलताबाट बच्न सकिन्छ । साथै, बारम्बार हुने बिहानको टाउको दुखाइलाई सामान्य ठानेर बेवास्ता नगरी आवश्यक परे चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया