काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमणका क्रममा ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् ।
बेइजिङस्थित उक्त अनुसन्धान संस्थानको आज बिहान स्थलगत अवलोकन गरिएको नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा मन्त्री खनालले नेपाल–चीनबीच थप गहिरो अनुसन्धान तथा प्राविधिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन् । मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया