आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै सातै प्रदेश,  कुन प्रदेशको कति बजे ?

लोकपथ
154
Shares

काठमाडौं । आज सबै प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । विगतका वर्षहरूमा कार्यान्वयनमै समस्या देखिएपछि यसपटक प्रदेश सरकारहरूले व्यवहारिक र कार्यान्वयनमुखी बजेट ल्याउने तयारी गरेका छन् ।

प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी आर्थिक वर्षका लागि आय व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

संविधानअनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था छ । बजेट प्रस्तुत गर्नुअघि नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित हुने प्रावधान रहेको छ ।

प्रदेशअनुसार बजेट प्रस्तुतिको समय तालिका फरक-फरक तय गरिएको छ । मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने भएको छ भने कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउनेछ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची बनाएका छन् । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

सबै प्रदेश सरकारले यसपटक प्राथमिकता क्षेत्रहरू निर्धारण गर्दै विकास आयोजना, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर बजेट ल्याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?