सिरहा । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का उमेशकुमार मगर रहेका छन् । उनलाई शनिबार पक्राउ गरिएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले शङ्कास्पद रूपमा मोटरसाइकलमा सवार मगरलाई रोकेर खानतलासी गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गाँजासहित मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया