काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार शोक विज्ञप्ति जारी गरेका हुन् । ८१ वर्षको उमेरमा भण्डारीको निधन भएको हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भण्डारीले नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्थापनाकालमा झापा जिल्ला र विशेष गरी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माको परिवारका ज्येष्ठ अभिभावक समेत रहेका स्व.भण्डारीले पञ्चायतविरोधी आन्दोलनका क्रममा पटक–पटक कठोर जेलजीवन र शारीरिक यातना भोगेका कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया