आईएमई लाइफको आर्थिक सहयोग, १०० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

लोकपथ
7
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक रुपमा विपन्न १०० जना मोतीबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी धनुषाको जनकपुरमा हुने निःशुल्क शल्यक्रियामा सहयोग गरेको हो ।

उतm कार्यक्रमका लागि कम्पनीले ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ, जसबाट धनुषा र महोत्तरी जिल्लाका ग्रामीण क्षेत्रका १०० जना मोतिबिन्दु पीडितहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
माट्रिका आइ सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लाहरूमा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा कम्पनीले निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका विपन्न नागरिकहरूलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै यस कार्यक्रमले ग्रामिण क्षेत्रका सयौँ विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?