विमानस्थलबाट भन्सार छलीका १४ थान आइफोन बरामद

लोकपथ
84
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । प्रहरीले भन्सार छलेका १४ थान आइफोन बरामद गरिएको छ ।

प्रहरीले अन्दाजी सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको हो ।

प्रहरीले ती आइफोनहरु नागढुङ्गास्थित चेकपोइन्टबाट बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?